विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ शुरु
चैत १६, २०८० शुक्रबार
न्युजिल्याण्डले भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा १५८ रनको लक्ष्य दिएको छ ।
विश्वकप क्रिकेट अघि अन्तिम विदेश भ्रमणमा रहेको भारतले पाँच एकदिवसीय र तीन टी–२० खेल्ने छ । नाइपेरमा घरेलु टोली न्युजिल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्दै ३८औं ओभरमा अल आउट हुँदै १५७ रन बनाएको हो ।
न्युजिल्याण्डलाई सुरुदेखि नै दबाबमा राख्ने क्रममा भारतीय बलरहरु कुलदीप यादवले ४ विकेट लिँदा मोहमद शामीले ३ विकेट हात पारे । युजेबेन्द्र चहलले २ तथा केदार जादवले एक विकेट लिएका थिए ।
न्युजिल्याण्डका केन विलम्सनले सर्वाधिक ६४ रन बनाउँदा रस टलेरले दोस्रो ठूलो रन २४ बनाएका थिए ।
यसैबीच, भारतीय बलर मोहमद शामीले इरफान पठानको रेकर्ड ब्रेक गरेका छन् । इरफानले ५९ एकदिवसीयमा १०० विकेट लिएका थिए ।
आज १०० विकेटको कीर्तिमान पूरा गरेका शामीले ५६ एकदिवसीय मात्र खेलेका छन् । शामीले १०० विकेट पूरा गर्ने क्रममा मार्टिन गुप्तिललाई आउट गरेका थिए ।