काठमाण्डौमा ‘नेपाल उद्यमशील सम्मेलन’ हुने

 माघ ९, २०७५ बुधबार १९:३०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आउँदाे फागुन २ गते काठमाण्डौमा ‘नेपाल उद्यमशील सम्मेलन’ आयोजना हुने भएको छ । 

नेपाल उद्योग परिसंघले सबै प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्ने उद्देश्यले सो सम्मेलन आयोजना गर्न लागिएको बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सम्मेलनमा सबै प्रदेशमा उद्योग संचालनको सम्भावनाका विषयमा विस्तृत छलफल गर्ने गरिनेछ ।

अन्तराष्ट्रिय बजारमा नेपाली बस्तुको उत्पादन प्रतिस्पर्धा गर्न लायक बनाउन पनि सो सम्मेलन आयोजना गर्न लागिएको परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिनु भयो ।

अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा परिसंघले आयोजना गर्न लागेको सो सम्मेलनमा नेपाल सरकार र निजी क्षेत्रका उद्यमीहरुबीच उद्योग सञ्चालनसम्बन्धी विस्तृत छलफल गराउने योजना पनि परिसंघले तय गरेको छ ।

मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानलाई साथ दिन सम्मेलनकाे आयोजना गरिएको पनि अध्यक्ष शर्माले बताउनु भयो । परिसंघले नेपाली वस्तुहरुको अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता वृद्धि गर्न सम्मेलनले सघाउ पुर्‍याउने अपेक्षा पनि गरेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया