जयपुर साहित्य उत्सवस्थलमा रुख ढल्यो, ४ जना घाइते

 माघ १०, २०७५ बिहिबार १५:५०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतकाे जयपुरमा जारी जयपुर साहित्य उत्सव चलिरहेको डिग्गी प्यालेसमा एउटा पीपलको रुख ढल्दा चार जना घाइते भएका छन् ।

महोत्सवमा आएका पाहुनाहरुले खाना खाइरहेको ठाउँमा रुख ढल्दा एक जना फोटोपत्रकारसहित चार जना घाइते भएको आयोजकले जनाएको छ ।
घाइतेहरुको उपचार भैरहेको छ । 

‘गुलाबी शहर’ का रुपमा परिचित राजस्थानको जयपुरमा बिहीबारदेखि साहित्यको कुम्भ मेला ‘जयपुर साहित्य उत्सव’ सुरु भएको थियाे। 

२००६ बाट सुरु भएको जयपुर साहित्य उत्सव ‘द ग्रेटेस्ट लिटररी शो अन द अर्थ’ को रुपमा विकसित हुँदै गइरहेको छ ।

 

याे पनि पढ्नुहाेस्

सुरु भयो जयपुर साहित्य उत्सव : मनिषा कोइरालादेखि नोबेल विजेता रामाकृष्णनसम्म सहभागी

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया