प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका मोर्चाका पशुपति चौधरी पक्राउ

 माघ १०, २०७५ बिहिबार १८:५६:१२ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका तराइमा सशस्त्र संघर्षरत प्रगतिशील तराइ मुक्ति मोर्चा सिजन समूहका कार्यकर्ता पशुपति चौधरीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

सप्तरीको खडक नगरपालिका–९ का ४१ वर्षीय पशुपति चौधरीलाई सप्तरी प्रहरीले पक्रउ गरी बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । 
पक्राउ परेका चौधरी प्रगतिशील तराइ मुक्ति मोर्चा सिजन समुहमा आवद्ध रही विभिन्न अपराधिक घटनाहरु घटाउँदै सप्तरीसहितका विभिन्न स्थानमा आतक सृजना गर्ने कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा एसपी विष्टका अनुसार एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीको दावीे छ । 

सप्तरीको खडक नगरपालिका अन्तरगत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भएको थियो । 

घटनास्थलबाट प्रगतिशील तराइ मुक्ति मोर्चा सिजन समुहका पर्चा र ४ राउण्ड गोली लोड गरेको म्याग्जिन समेत १ थना फेला परेको प्रमाणहरुका आधारमा चौधरीलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मिति २०७२ साल पुस २० गते प्रहरी चौकी झुटकीमा कार्यरत असइ रमेश सुब्बालाई साविक नर्घो गावि–६ मा रहेको झोहरा चोकमा अज्ञात समुहले गोली हानी हत्या गरेको घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समुहले लिएको थियो । 

प्रगतिशील तराइ मुक्ति मोर्चा सिजन समूह गाेइत समूहबाट भिन्न भएका व्यक्तिहरुबाटै गठन भई विभिन्न अपराधिक क्रियाकलापहरु सञ्चालन गरिरहेको तथा असइ सुब्बाको हत्यामा पनि चौधरीको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया