अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
दैलेख – दैलेखको पिपलकोटमा बच्चा जन्माउन नसकेको कारण आमा र नवजात शिशुको आज मृत्यूभएको छ ।
सुत्केरी व्यथाले च्यापेपछि स्वास्थ्य चौकी लैजादै गर्दा सुँगुरखाल भन्ने ठाउँमा पुगेको बेला ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् । ज्यान जानेमा आठबीस नगरपालिका वडा नं. ५ पिपलकोट तोलीचाखाकी १५ वर्षीया कृष्णा कसेरा र उनको नवजात छोरा रहेको पिपलकोट स्वास्थ्य चौकीका प्रमुख अहेव रामबीर यादवले जानकारी दिनुभयो ।
‘स्वास्थ्य चौकी नपुग्दै ज्यान गएको भन्ने जानकारी पाएपछि अवस्था जान्न त्यहाँ पुग्दा ‘आमा र नवजात शिशुको गैसकेको थियो’, पिपलकोट स्थास्थ्य चौकीका अनमी दुर्गाकुमारी शर्माले भन्नुभयो ।
‘नियमित स्वास्थ्य चेकअपमा आउँदा आमाको उचाइ र तौल एकदमै कम अर्थात ४३ केजी मात्र भएको कारण जोखिम हुने भएकोले सुर्खेत लैजान भनेका थियौँ, तर व्यथा लागिसकेपछि पनि घरमै सुत्केरी गराउन प्रयत्न गरेका र धेरै ढिला मात्र स्वास्थ्य चौकी ल्याउन लाग्दा ज्यान गएको रहेछ’ अनमी शर्माले भन्नुभयो ।
बालविवाह गरेको र परिवार नियोजनका साधन प्रयोग गर्न समेत बेवास्ता गरेकाले सानै उमेरमा गर्भवती भएकै कारण कृष्णाको ज्यान गएको स्थानीय सामाजिक कार्यकर्ता डिलसरा पुलामीको भनाई छ । कृष्णाका श्रीमान् १७ वर्षीय प्रकाश कसेरा भारतमा मजदूरी गर्न जानुभएको छ ।
पिपलकोट तोलीचाखामै माइती भएकी कृष्णा र प्रकाश कसेराबीच डेढ वर्ष अघि भागी विवाहलाई समुदायले रोक्न खोज्दा परिवारजनले सहमत जनाएका थिए । दलित र जनजातिको बाहुल्यता रहेको दैलेखको विकट गाउँ पिपलकोटमा बालविवाहको समस्या विकराल रुपमा रहेको छ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।