आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
महोत्तरी - महोत्तरीको बर्दिवासमा रहेकाे एउटा होटलमा बेहोश अवस्थामा भेटिएका एक युवकको उपचारको क्रममा आइतबार मृत्यु भएको छ ।
बर्दिवास नगरपालिका-१ मा रहेकाे भण्डारी होटेलमा बेहोश अवस्थामा भेटिएका स्थानीय २२ वर्षीय विवेक सापकोटाको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
बर्दिवासमा रहेकाे जनसेवा हस्पिटलमा उपचारको क्रममा सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
काठमाण्डौबाट दुईजना साथी आएको भन्दै सापकोटा शनिबार राति त्यस होटेलमा बास बसेका थिए । एकाबिहानै कोठामा सापकोटा बेहोश भएको कुरा होटेलमा सँगै बसेका साथी निसान भट्टराई र सिद्धार्थ खड्काले फोनबाट उनको परिवारलाई जानकारी गराएका थिए ।
त्यसपछि सापकोटालाई उपचारको लागि बर्दिवासकाे जनसेवा हस्पिटलमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सापकोटाकाे मुख र नाकबाट फिँज आएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।