ग्यास सिलिण्डर पड्किएर आगलागी: १४ लाख बराबरको क्षति

 माघ १३, २०७५ आइतबार १६:५५:१६ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा आइतबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा १४ लाख बराबरको क्षति भएको छ ।  

इलाम नगरपालिका–७, सुन्तलाबारीका मनबहादुर गुरुङको घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुदाँ सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । 

पीडित गुरुङ्गको घरमा डेरा गरी बस्ने बिष्णुमाया लिम्बूको कोठामा रहेको ग्यास सिलिण्डर पड्किएर आगलागी भएको र त्यसबाट १० लाख रुपैयाँ नगदसहित सुन, चाँदी, भाडाकुँडा, लत्ता कपडा तथा अन्नपात लगायत जलेर नष्ट भएको छ ।  

स्थानीयवासी, प्रहरी, शसस्त्र प्रहरी र दमकलको सहयोगमा आधा घण्टामा आगो नियन्त्रणमा आएको थियो । आगलागीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया