हराइरहेका गोठालाको उद्धारमा सेना र प्रहरी परिचालन गरिने

 माघ १३, २०७५ आइतबार १७:२५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – हिउँ छल्न ओडार पसेको बेला पहिरोले पुरेर हराइरहेका दुई जना गोठालाहरुको उद्धारमा नेपाली सेना, ससस्त्र प्रहरी र जनपथ प्रहरीको टोली खटिने भएको छ । 

पहिरो गएको उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, हिन्दुङ भन्दा तलको ओडारमा हिउँ पर्न थालेपछि २ सय भेडा र ५० बाख्रा सहित ओडारमा बसेको बेला पहिरोले पुरेर उनीहरु हराइरहेका हुन् । 

घटनास्थल पुगेर सदरमुकाम फर्केपछि प्रदेश सभा सदस्य जगत सिंखडाले पहिरोभित्र हराइरहेका २ जना गोठाला जिउँदै हुनसक्ने भएकोले सबै मिलेर उद्धार गर्नुपर्ने बताउनुभयो । 

पहिरोले पुरिएर हराइरहेकाहरुमा सोही गाउँका ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ रहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया