टिप्परको ठक्करबाट बालिकाको मृत्युपछि स्थिति तनावग्रस्त, निषेधाज्ञा जारी

 माघ १४, २०७५ सोमबार १४:२८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – सुन्दर हरैंचा नगरपालिका–९ सिसौघारीमा टिप्परको ठक्करबाट सोमबार एक बालिकाको ज्यान गएपछि स्थिति तनावपूर्ण बनेको छ । 

स्थानीयको प्रदर्शनले उग्ररुप लिएपछि  जिल्ला प्रशासन कार्यालय मोरङले बिहान अर्को आदेश जारी नभएसम्म यो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

विराटचोकबाट–विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिप्परले ठक्कर दिँदा सुन्दरहरैंचा–९ की ११ वर्षीया बालिका लक्ष्मी ढकालको ज्यान गएको हो ।

दुर्घटनापछि स्थानीय वासिन्दाले ठक्कर दिने टिप्परका साथै सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा पनि तोडफोड गरी क्षति पुर्याएका छन् ।


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया