संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा राईको नाम अनुमाेदन

 माघ १४, २०७५ सोमबार २०:४७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसदीय सुनुवाई विशेष समितिले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्तिका लागि सरकारले सिफारिस गरेका अमृतबहादुर राईको नाम अनुमोदन गरेको छ ।  

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि सरकारले सिफारिस गरेकाे राईको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी राईको नाम संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । गएकाे पुस २७ गते बसेको मन्त्रिपरिषद बैठकले राईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि नियुक्त गर्न सिफारिस गरेको थियो ।

बैठकमा राईले ठूला राष्ट्रहरुले हतियार खरिदका लागि गर्ने खर्च गरिबि, अभाव र भोकमरी अन्त्यमा प्रयोग गर्न आफूले संयुक्त राष्ट्रसंघमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले साना राष्ट्रको पनि ठूला राष्ट्र सरहको सार्वभौम समानताको अधिकार प्राप्तिमा पनि आफूले सक्दो पहल गर्ने योजना पनि अघि सार्नुभयो ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेका राईलाई राष्ट्रपतिले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया