प्रदेश ३ मा आज बिदा : संघ अन्तर्गतका कार्यालय भने खुल्ने

 माघ १६, २०७५ बुधबार ८:५१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शहीद दिवसको अवसरमा प्रदेश ३ सरकारले बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेश सरकारको निर्णयअनुसार काठमाण्डौ उपत्यकासहित प्रदेश ३ का विद्यालय र क्याम्पसमा बुधबार बिदा दिइएको छ । तर सबै सरकारी कार्यालय भने बिदा नहुने भएका छन् ।

संघ अन्तर्गत पर्ने मन्त्रालय, विभाग तथा केन्द्र मातहत रहेका अरु कार्यालय बुधबार बिदा नहुने गृह मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर ३ सरकारको माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले शहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया