इटहरी गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदै

 माघ १६, २०७५ बुधबार १०:६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा बुधबारदेखि सेमिफाइनलका खेलहरु हुँदैछन् । 

बुधबारको पहिलो सेमिफाइनलमा मेची नेत्रालय काकडभिट्टा र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल दिउँसो सवा तीन बजे इटहरी रंगशालामा सुरु हुनेछ । यसअघि पहिलो क्वार्टरफाइनलमा दाफिन्स फेमिली फूटबल टिम क्यामरुनलाई पेनाल्टी सुटआउटमा पराजित गदै मेची नेत्रालयले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । 

यस्तै, आर्मीले पनि पेनाल्टी सुटआउटमा थ्रीस्टार क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 
     
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया