सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढ्यो

 माघ १६, २०७५ बुधबार ११:२२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको छ । सुन बुधबार तोलाको ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार तोलामा एक सय रुपैयाँ बढेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको तथा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएकाले नेपाली बजारमा सुन महंगो भएको हो । यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया