क्रिकेट रंगशाला निर्माण सहयोगार्थ मलेसियामा धुर्मुस सुन्तली साँझ हुने

 माघ १६, २०७५ बुधबार १४:७:३४ | उज्यालो सहकर्मी

सुनाखरी मगर/उज्यालो ।

मलेसिया – धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम अन्तरास्ट्रिय  क्रिकेट रंगशाला निर्माणको सहयोगका लागि मलेसियामा धुर्मुस सुन्तली साँझ हुने भएको छ । 

चाइनिज नयाँ बर्षको बिदाको दिन पारेर सिटि एक्सप्रेस मनि ट्रान्सफरले क्वालालम्पुर,पेनाङ र जोहोरबारुमा धुर्मुस सुन्तली साँझ गर्न लागेको हो । कार्यक्रम माघ २२ गते मंगलबार क्वालालाम्पुर, २३ गते बुधबार पेनाङ र २७ गते आतबार जोहोरबारुमा हुनेछ । 

कार्यक्रममा धुर्मुस सुन्तलीसँगै  लोकदोहोरी गायक बद्री पंगेनी, सम्झना भण्डारी, गायिका मेलिना राईको प्रस्तुति रहने आयोजकले जनाएको छ । 

चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्न कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले विभिन्न देशमा कार्यक्रम गर्दै आएका छन् । 

मलेसियामा गरिने कार्यक्रमबाट उठेको रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई नै दिइने सिटि एक्सप्रेसले जनाएकाे छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया