यूएईविरुद्धकाे पहिलाे टी–२० भाेलि, टी–२० सिरिज पनि जित्ने नेपालकाे लक्ष्य

 माघ १६, २०७५ बुधबार १९:३४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले बिहीबार पहिलो टी–२० खेल खेल्दैछ ।

एक दिवसीय सिरिज २–१ ले जितेको नेपालले टी–२० सिरिज पनि जित्ने लक्ष्य लिएको छ । पछिल्लो समय घरेलु क्रिकेटमा यथेष्ट टी–२० म्याच खेलेका कारण नेपाली टिममा आत्मविश्वास बढेको कप्तान पारस खड्काले बताए । खेल दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

टी–२० का लागि नेपाली टिममा केही परिवर्तन हुनसक्ने प्रशिक्षक जगत टमाटाले बताएका छन् । एक दिवसीय सिरिजका लागि टिममा नपरेका प्रदीप ऐरी टी–२० का लागि भने टिममा पर्न सक्नेछन् । उनको उत्कृष्ट प्रदर्शनका लागि प्रदीपलाई टी–२० स्पेसलिस्ट पनि भनिने गरेको छ ।

यस्तै कप्तान पारस खड्काले ओपनिङ गर्ने सम्भावना छ । 

यूएईविरुद्धको खेलमा सन्दीप लामिछाने महत्वपूर्ण हुनेछन् । पछिल्लो एक वर्ष विश्व क्रिकेटमा देखाएको प्रदर्शनका कारण सन्दीप यूएई ब्याटिङ पंक्तिको टाउको दुखाईको कारण बन्न सक्नेछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया