रोहन मुस्तफा धनगढी प्रिमियर लिगमा धनगढी स्टार्सबाट खेल्ने

 माघ १७, २०७५ बिहिबार ६:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईका नियमित कप्तान रोहन मुस्तफा धनगढी प्रिमियर लिगमा धनगढी स्टार्सबाट खेल्ने भएका छन् । सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढीले तेस्रो सिजनका लागि रोहनलाई अनुबन्ध गरेको छ ।

अघिल्लो सिजन पनि धनगढीबाट खेलेका रोहनलाई टिमले फेरि एकपटक अनुबन्ध गरेको छ । अघिल्लो सिजन म्यान अफ द सिरीज बनेका रोहनले पोखरा प्रिमियर लिगमा बुटवलबाट खेलेका थिए । यो टिमका कप्तान पनि सोमपाल कामी नै रहेका थिए ।

केहि साता अगाडि भएको एभरेष्ट प्रिमियर लिग खेलेका रोहन नेपालमा चौथो प्रतियोगिता खेल्ने भएका छन् ।

अहिले यूएई क्रिकेट बोर्डको सस्पेन्सनमा रहेका रोहन नहुँदा यूएईले नेपाल विरुद्धको एकदिवसीय सिरीज दुई एकले गुमाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया