नेपाल र यूएईबीच पहिलो टि–२० आज, इतिहास रच्ने अर्को अवसर

 माघ १७, २०७५ बिहिबार ७:१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो टी–२० खेल बिहीबार खेल्दैछ । एक दिवसीय सिरिज २–१ ले जितेको नेपालले टी –२० सिरिज पनि जित्ने लक्ष्य लिएको छ ।

राम्रो फर्ममा रहेको नेपाली टोलीले टी–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ । जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् ।

एक दिवसीय सिरीजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि दोस्रो खेलमा सानदार खेल खेल्दै १४५ रनको जित हासिल गरी सिरिज बराबरी गरेको थियो । तेस्रो खेलमा पनि २५५ रनको कठिन लक्ष्य नेपालले पछ्याउँदै प्रशंसायोग्य जित हासिल गर्दै सिरिज जितेको थियो ।

नेपाल यूएईबीचको खेल नेपाली समयानुसार पौने तीन बजे दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुनेछ । जुन मैदानमा नेपालले ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो ।

गएको वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको हो । 
  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया