शीर्ष स्थानको लिभरपुल लेस्टर सिटीसँग बराबरीमा रोकियो

 माघ १७, २०७५ बिहिबार ७:१४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलले घरेलु मैदानमा मिड टेवलमा रहेको लेस्टर सिटीसँग एक–एक गोलको बराबरी खेलेको छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीले न्यूकासल युनाइटेडसँग पराजय ब्यहोरेको भोलिपल्ट खेलेको बराबरीले लिभरपुलको उपाधि यात्रामा भने ठूलो धक्का लागेको छैन ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लपका अनुसार एनफिल्डको मैदानमा परेको हिउँका कारण खेलको नतिजा निराशाजनक भएको हो । ‘तपाईंहरुले पनि देख्नुभयो कि बल राम्रोसँग गुडेको थिएन ।’ प्रशिक्षक क्लपले भने, ‘८० प्रतिशतसम्म बल पोजिसन राखेर पनि खेल आफ्नो पक्षमा नआउनु भनेको वास्तवमै केही गडबड भएरै हो ।’

साडियो मानेले खेलको तेस्रो मिनेटमै गोल गरी लिभरपुललाई अग्रत दिलाएका थिए । त्यसपछि मैदानमा परेको हिउँका कारण लिभरपुलको पहिचान मानिएको क्वीक पास निकै कठिन भएको थियो । पहिलो हाफको इन्ज्यूरी समयमा ह्यारी मगुरेले बराबरी गोल फर्काए ।

लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग ५ अंकको अग्रता कायम गरेको छ । २४ खेलबाट लिभरपुलको ६१ अंक भएको छ भने सिटीको ५६ अंक छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया