वाटफोर्डमाथि टाेटनह्यामकाे जित

 माघ १७, २०७५ बिहिबार ७:२२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

एक शून्य गोलले पछि परेको स्थितिलाई उल्टाउँदै टोटनह्यामले वाटफोर्डमाथि दुई एक गोलको जित दर्ता गरेको छ । 

यो जितपछि तेस्रो स्थानको टोटनह्यामले शीर्ष स्थानको लिभरपुलसँगको दूरी ७ अंक र दोस्रो स्थानको सिटीसँग २ अंक दूरी झारेको छ ।

पहिलो हाफमा क्रिग क्याथकाटले गोल गरी पाहुना टोली वाटफोर्डलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्त्यतिर टोटनह्यामले दुई गोल फर्कायो । 

एसियन कपमा निराशाजनक प्रदर्शनपछि इंग्ल्याण्ड पुगेका संग ह्युंग मिनले ८० औं मिनेटमा बराबरी गोल गरे । त्यसको ७ मिनेटपछि लोरेन्टेले विजयी गोल गरेपछि टोटनह्यामले निकै महत्वपूर्ण जित हासिल गर्‍यो।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया