उज्यालोका सप्तरी सहकर्मी शुभनारायण यादव सम्मानित

 माघ १७, २०७५ बिहिबार ८:३९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – डाक्नेश्वरी नगरपालिका–८ मा रहेको राजाजी राष्ट्रिय प्राथमिक विद्यालय भिमपुरले पत्रकारिता क्षेत्रमा अहम भुमिका निर्वाह गरेको भन्दै उज्यालोका सप्तरी सहकर्मी शुभनारायण यादवलाई सम्मान गरेको छ ।

विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएका सप्तरी सहकर्मी यादवलाई एक समारोहकाबीच सम्मानित गरेका हुन् ।

यस्तै, धर्मी हल्फा महिला विकास क्लबले नियमित विद्यालय पठाउने बालबालिकाका अभिभावकलाई पनि सम्मान गरेको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरबिन्द मण्डलको अध्यक्षता तथा वडाध्यक्ष उमेश कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित यो समारोहमा क्लबका अध्यक्ष तथा समाजसेवी ई.सूर्यनारायण यादवले यस्ता किसिमका कार्यक्रमले बालबालिकालाई नियमित विद्यालय पठाउन अभिभावकलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया