मलेसियन रिंगिट र बहराइन दिनारको भाउ थोरै बढ्यो

 माघ १७, २०७५ बिहिबार १०:३९:३६ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार मलेसियन रिंगिट र बहराइन दिनारको भाउ केही पैसाले बढेको छ भने अमेरिकी डलरसहित रियाल, दिर्हाम र कोरियन वनको मूल्य थोरै घटबढ भएको छ । 

बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ १० पैसा छ । बुधबार डलरको खरिददर ११३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०८ पैसा थियो । 

बिहीबार साउदी रियालको मूल्य बढेको छैन । बुधबार जस्तै आज पनि साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा तोकिएको छ । 

बिहीबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा थियो । 

बिहीबार यूएई दिर्हामको भाउ घटबढ भएको छैन । बुधबारजस्तै आज बिहीबार पनि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा तोकिएको छ । 

बिहीबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६३ पैसा र बिक्रीदर २७ रुपैयाँ ७८ पैसा तोकिएको छ । बुधबार खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा पैसा थियो ।  

आज बिहीबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३७ पैसा तोकिएको छ । बुधबार खरिददर ३७४ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २० पैसा थियो । 

बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६४ पैसा तोकिएको छ । बुधबार खरिददर ३०१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६१ पैसा थियो । 

बिहीबार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा तोकिएको छ । बुधबार खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा थियो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया