राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित

 माघ १७, २०७५ बिहिबार १५:३५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ पारित भएको छ ।  

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा कांग्रेसले उठेर विरोध जनाइरहे पनि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विधेयकमाथिको कारबाही अघि बढाउनुभएको थियो ।  

कांग्रेस सांसदहरूले उठेर विरोध जनाइरहे पनि अध्यक्ष तिमिल्सिनाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।  

अध्यक्षले शिक्षामन्त्री पोखरेलले सदनमा प्रस्तुत गर्नुभएको विधेयकमा छलफलमा भाग लिन आग्रह गरे पनि विपक्षी कांग्रेसले विधेयकमाथि कुनै पनि प्रकृयामा भाग नलिने जनाएपछि पारित भएको घोषणा गर्नुभएको हो । 

सांसद वृशेषचन्द्र लालले विधेयकमाथि संशोधनको प्रस्ताव पेश गर्नुभएको भए पनि त्यस प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।  
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया