कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
रुकुम पश्चिम – सरकारी गाडी तथा मोटरसाइकलको दुरुपयोग बढी मात्रामा भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रुकुमले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
पटक पटक सरकारी सम्पति दुरुपयोग नगर्न आग्रह गर्दै आएको प्रशासन कार्यालयले सरकारी गाडी तथा मोटरसाइकलसहित मेला हेर्न गएकाहरुलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले कार्यालय समयमा सरकारी गाडी तथा मोटरसाइकलसहित मेला जानुको कारणबारे २४ घण्टे स्पष्टिकरण सोधेको बताउनुभयो ।
सीडीओ रेग्मीले कार्यालय समयमा सरकारी गाडीसहित मेला जानुको कारण के हो ? भनेर सबैलाई लिखित रुपमै स्पस्टीकरण सोधिएको बताउनुभयो ।
माघ १६ गते बुधबार मुसीकोट नगरपालिका–७, साँखमा लागेको स्थानीय मेला हेर्न दर्जनभन्दा बढी सरकारी कार्यालयका कर्मचारी सरकारी गाडीसहित पुगेका थिए ।
मुसीकोट नगरपालिका को रा १ झ १२९, शिक्षा विकास तथा समन्वय इकाईको बा १ झ ९६७२ र जिल्ला सरकारी वकिल कार्यालयको बा २ झ २६९८ नम्बरको गाडीसहित मुसीकोट नगरपालिका, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला अस्पताल लगायत कार्यालयका कर्मचारी मोटरसाइकल लिएर मेला हेर्न पुगेको बताइएको छ ।
सरकारी सम्पतिको चरम दुरुपयोग भइरहेको र सरोकारवाला निकायले कदम चाल्नुपर्ने भन्दै गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा स्पष्टिकरण सोधेको हो ।