नेपालकाे तेस्राे विकेट पतन: ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट

 माघ १८, २०७५ शुक्रबार १७:७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्ध १०८ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाउन पुगेको छ ।

ज्ञानेन्द्र मल्ल र करण केसीले २६ रनको साझेदारी गर्दै नेपाललाई लयमा ल्याउने प्रयास गरिरहेका बेला मल्ल ६‍‍.१ ओभरमा सुल्तान अहमदबाट आउट भए । मल्लले १३ बल खेल्दै ७ रन बनाए ।

त्यसअघि पहिलो विकेटको रुपमा पारस खड्का खाता नै नखोली आउट हुँदा प्रदीप ऐरी ८ रन बनाएर आउट भएका थिए । नेपालले ६.४ ओभरमा ३६ रन बनाउँदा तीन विकेट गुमाएको हाे ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया