कृषि, जडिबुटी र पर्यटन रोल्पा समृद्धिका आधार : ढकाल

 माघ १८, २०७५ शुक्रबार १७:४९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

रोल्पा – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार भएको बताउनुभएको छ । 

रोल्पा उद्योग वाणिज्य संघकाे आयोजना तथा आईएमई ग्रुपको मुख्य प्रायोजनमा आयोजित दोस्रोे रोल्पा महोत्सवलाई शुक्रबार सुलिचौरमा सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले यस्ताे अभिव्यक्ति दिनुुभएकाे हो ।

सङघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको प्रमुख अतिथ्यमा सम्पन्न उद्घाटन सत्रलाई उर्जामन्त्री वर्षमान पुन, स्थानीय जनप्रतिनिधिहरु लगायत राजनितिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरुले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रोल्पाको भू–भागमा पाइने बहुमूल्य जडिबुटीको उचित बजारीकरण गर्न सकेमा समग्र रोल्पा र आसपासका क्षेत्रको स्थानीय आर्थिक गतिविधिलाई बढाउन सकिने बताउनुभयो । 

उहाँले जलविद्युत उत्पादन गरी रोल्पाको आर्थिक विकासमा टेवा पुर्‍याउन सकिने उल्लेख पनि गर्नुभयो ।

रोल्पाका गाउँगाउँमा आईएमईको सेवा विस्तार गरी समग्र रोल्पाको वित्तीय र रेमिटेन्स सेवा पूर्ति गरेको उहाँकाे भनाइ थियाे । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया