मानव तस्करीको नयाँ रुट पत्ता लाग्याे : तीन दिनमा ३७ जनाको उद्धार

 माघ १८, २०७५ शुक्रबार १८:६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माइती नेपालले गएको तीन दिनमा ३७ जना महिलालाई भारतबाट सकुशल उद्धार गरेको छ । 

दिल्ली महिला आयोग र रेस्क्यू फाउण्डेसनको सहयोगमा ६ जना महिलालाई माघ १६ गते राजिव नगरबाट उद्धार गरिएको थियो । यस्तै मनिपुर प्रहरी र इम्पल्स एनजीओ नेटवर्कको सहयोगमा ३१ जनालाई मनिपुरको इम्फालबाट माघ १८ गते उद्धार गरिएको एक विज्ञप्ति जारी गर्दै माइती नेपालले बताएको छ ।

उद्धार गरिएका महिलालाई मनिपुरको इम्फालबाट म्यान्मार हुँदै इराक र दुबईमा पुर्‍याउने दलालको योजना थियो ।

तस्करहरुले नयाँ रुटहरुको प्रयोग गर्ने क्रम बढ्दो छ । भारत, मनिपुरको इम्फालबाट म्यानमार हुँदै इराक र दुबईमा मानव तस्करी गर्ने यो रुट विल्कुलै नयाँ हो । इमेलमार्फत प्राप्त भएको सूचनाको आधारमा गरिएको अनुसन्धानबाट तस्करीको यो गोप्य रुटको पर्दाफास भएको हो ।

उद्धार गरिएका व्यक्तिहरुलाई आवश्यक प्रक्रिया पुर्‍याएर स्वदेश  फर्काउने तयारी भइरहेको विज्ञप्तिमा जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया