पूर्वयुवराज पारस शाह घर फिर्ता

 माघ १८, २०७५ शुक्रबार १८:४४:११ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट शुक्रबार निर्मल निवास फर्कनुभएको छ । 

हृदयाघात भएपछि गएकाे आइतबार अस्पताल भर्ना हुनुभएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुग्नुभएको थियो । उहाँको मुटुको एन्जिओप्लास्टी गरिएको अस्पतालले जनाएको छ । 

उहाँ अहिले सामान्य खानपिन र हिँड्डुुल गर्न सक्षम भएको भए पनि नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । एक सातापछि स्वास्थ्य परीक्षण गर्न अस्पतालले सुझाएको छ । उहाँलाई करीब १० वर्षको अवधिमा अहिलेसम्म तीन पटक हृदयाघात भएको जनाइएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया