डाक्टर गोविन्द केसीले केही बेरमा अनसन तोड्दै

 माघ १८, २०७५ शुक्रबार १९:१२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै १६ औँ अनसनमा बस्नु भएका डाक्टर गोविन्द केसीले आज अनसन तोड्दै हुनुहुन्छ । त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर उहाँले अनसन तोड्दै हुनुहुन्छ ।

नागरिक समाजका अगुवाहरुको आग्रहलाइ स्वीकार गर्दै डाक्टर गोविन्द केसीले २४ दिन लामो सत्याग्रह हाललाई स्थगन गर्ने निर्णय लिएको उहाँको अभियानका अभियन्ता डाक्टर अभिषेकराज सिंहले जानकारी दिनुभएको छ । 

शुक्रबार नै पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले डाक्टर केसीलाई भेटेर अनसन तोड्न आग्रह गर्नुभएको थियो । त्यस्तै बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि डाक्टर केसीलाई अनसन तोड्न आग्रह गर्नुभएको थियो । 
 

 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया