२२ वर्षीय कतारी फुटबलर अलमोएज अलीले तोडे अली दाइको रेकर्ड

 माघ १८, २०७५ शुक्रबार २२:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

कतारले जापानलाई ३–१ गोल अन्तरले हराउँदै पहिलो पटक एसियन कप फुटबलको उपाधि उचालेको छ ।  जितसँगै कतारले पहिलो पटक एसियन कप फुटबलको उपाधि उचाल्दै इतिहास रचेको छ । 

आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा जारी खेलमा १२ औं मिनेटमा कतारले जापानविरुद्ध सुरुवाति अग्रता बनाएको थियो । अलमोएज अलीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । अलमोएज अलीले पनि आजको खेलमार्फत एसियन कप फुटबलको इतिहासमा कीर्तिमान कायम गरेका छन् । उनले एसियन कप फुटबलको एउटै प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको रेकर्ड कायम गरेका छन् ।

उनले इरानी खेलाडी अली दाइले सन् १९९६ को एसियन कप फुटबलमा गरको ८ गोलको रेकर्ड तोडेका हुन् । २२ वर्षीय अलमोएज अलीको जन्म सुडानमा भएको थियो ।

सेतो जर्सीमा इरानी पूर्व फुटबलर अली दाइ

२७ औं मिनेटमा अब्देलअजिज हातिमले गोल गर्दै कतारको अग्रता दोब्बर पारे ।

जापानका लागि खेलको ६९औँ मिनेटमा ताकुमी मिनामोनोले एक गोल गरे । त्यस्तै खेलको ८३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अक्रम हसन अफिफले कतारको अग्रता ३–१ पुर्याएका थिए । 

जापानलाई ३–१ले हराउँदै एसियन कप फुटबलको च्याम्पियन बन्दै कतारले इतिहास रच्यो

 


 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया