आईपीएल क्रिकेटमा आज चेन्नई र लखनउ खेल्दै
बैशाख ७, २०८१ शुक्रबार
शाहरुख खान अभिनित फिल्म ‘जिरो’ बक्स अफिसका सुपर फ्लप भइसकेको छ । त्यसपछि अहिले शाहरुख खान उनका आगामी फिल्महरु साइन गर्नुअघि धेरै कुरामा ध्यान दिएर मात्रै अभिनय गर्ने सोच बनाएका छन् । हालै एक अन्तरवार्तामा शाहरुख खानले भने, ‘म सोच्छु की कुनै दिन कस्तो होला यदि म साधारण बनेर एकदमै दिक्कलाग्दा फिल्महरुमा अभिनय गर्न थालौंला ।’
शाहरुखले अगाडि भने, ‘म आशा गर्छु की त्यस्तो दिन कहियै नआओस्, जुन दिन म थाकेर साधारण फिल्महरुमा अभिनय गर्ने इच्छा लागोस् । जुन फिल्म ४० दिनमै बनेर रिलिज होस् साथै बक्स अफिसमा हिट होस् । त्यसपछि म आफ्ना लागि नयाँ गाडी खरिद गरेर त्यसैमा रमाउँ । यो सोच्दा पनि मलाई डर लाग्छ ।’
बलिउडमा किङ्ग खानको रुपमा परिचित शाहरुख खानले यो सब कुरा अन्य अभिनेतालाई इशारा गर्दै नभनेका पनि हुन सक्छन् । तर अर्का अभिनेता अक्षय कुमारले अन्तरवार्तामा आफूले वर्षमा ३÷४ वटा फिल्म यस कारण दिन सक्ने बताएका थिए । उनले एउटा फिल्म ४०÷५० दिनमै छायाँकंनको काम पूरा गर्ने बताएका थिए ।
शाहरुख खानले कुनै अभिनेतालाई इशारा गरेर यो कुरा नभने पनि उनी स्वयमकै फिल्महरुले दर्शकको साथ पाउन सकिरहेका छैनन् । शाहरुख खानले फिल्मको स्क्रिप्ट, विषयवस्तुलाई ध्यान दिनुभन्दा फिल्मको बजेटलाई बढी महत्व दिएका कारण पनि उनका फिल्म फ्लप भइरहेको चर्चा पनि चलिरहेको छ ।
अहिले बलिउड फिल्मका दर्शकहरु फिल्मको बजेट वा स्टार पावर नभई फिल्मको विषय वस्तु रुचाइ रहेका छन् । सलमान खानको ‘रेस ३’ शाहरुख खानको फिल्म ‘जिरो’ र आमिर खानको फिल्म ‘ठग्स अफ् हिन्दोस्तान’ जस्ता फिल्महरु विषयवस्तु कमजोर भएकै कारण फ्लप भइसकेका छन् ।
आयुष्मान खुराना अभिनित कम बजेटमा बनेको फिल्म ‘बधाई हो’ र ‘अन्धाधुन’, राजकुमार रावको फिल्म ‘स्त्री’ लगायतका फिल्मले दर्शकको साथ र बक्स अफिसमा सफल व्यापार गरिसकेका छन् ।