सुनसरीको बर्जु तालमा  दुर्लभ मानिने ठूलो सिलसिले प्रजातिको हाँस भेटियो

 माघ १९, २०७५ शनिबार १२:४३:५३ | सुमन पुरी
unn.prixa.net

सुनसरी – सुनसरीको बर्जु गाँउपालिकामा रहेको बर्जु तालमा ठूलो सिलसिले प्रजातिको हाँस भेटिएको छ ।

नेपालमा यसअघि कोसी ब्यारेज क्षेत्रमा २ पटक काउन्ट गरिएको यो प्रजातिको हाँस बर्जु तालमा पनि भेटिएको हो । बर्जु तालिम यस पटक १६ वटाको संख्यामा यो प्रजातिको हाँस भेटिएको गणनामा संलग्न हिमाली प्रकृतिका सञ्जिव आचार्यले जानकारी दिनुभयो । यसअघि कोसी ब्यारेजमा २ पटक नै एउटा एउटा यो प्रजातिको चरा भेटिएको थियो ।

हिमाली प्रकृति, कोशी पंक्षी समाज, कोशीटप्पु वन्यजन्तु आरक्ष र नेपाल पंक्षीविद संघको आयोजनामा सुनसरी मोरंग र सप्तरीका विभिन्न क्षेत्रमा चरा गणना गरिएको थियो । नेपालमा दुर्लभ मानिने ठूलो सिलसिले प्रजातिको हाँस बंगलादेश र पूर्वी उत्तर भारतका विभिन्न क्षेत्र बसोबास गर्ने रैथाने प्रजातिका चरा मानिन्छन् । 

विश्वमा दुर्लभ प्रजातिको नभए पनि भारतीय उपमहाद्वीपमा भने यसलाई दुर्लभ प्रजातिको चरा मानिन्छ ।

फाेटाे साैजन्य - हिमाली नेचर
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया