डाक्टर केसीले अनसन ताेडे्सँगै विजय थापाले पनि तोडे अनसन

 माघ १९, २०७५ शनिबार १५:६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डाक्टर गोविन्द केसीविरुद्ध अनसन बसेका विजय थापाले पनि आज अनसन तोड्नु भएको छ ।

शिक्षण अस्पतालमा नै अनसन बस्नु भएका थापाले शनिबार अनसन तोड्नु भएको हो । काठमाडौं महानगरपालिका २० मा रहेकाे  भिमसेनस्थान बस्ने ३ वर्षीया अकिया नगरकोटी र जनकपुर उपमहानगरपालिका ४ स्थित हंसपुर बस्ने ५५ वर्षीय बेचेन यादवले जुस खुवाएर थापाको अनसन तोडिएको हो ।

थापा  शिक्षण अस्पताल महाराजगन्जमा २३ दिनदेखि अनशनरत हुनुहुन्थ्यो । उहाँ गाेविन्द केसीकाे मागकाे विराेध गर्दै अनसनमा बस्नुभएकाे थियाे ।

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • deuba nepal

    Feb. 2, 2019, 4:41 p.m.

    ठीक गर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया