मन्त्रिपरिषदकाे कार्यालयको गाडी नेविसंघकाे नियन्त्रणमा

 माघ १९, २०७५ शनिबार १५:५६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेविसंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको गाडी नियन्त्रणमा लिएको छ ।

शनिबार सरकारी गाडी चलाएको भन्दै गाडी नियन्त्रणमा लिएको  नेविस‌ंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयाे ।

बा १ झ ९९९५ नम्बर रहेको त्यो गाडी  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शिशिर कुमार ढु‌गानाले चलाइरहनुभएको थियो । 

आन्दोलनको कार्यक्रम अन्तर्गत नै सरकारी गाडी नियन्त्रणमा लिएको सदस्य भट्टले बताउनुभयो । शनिबार तथा बिदाको दिनमा पनि सरकारी गाडी दुरुपयोग गरिएको पाइए नछोडिने समेत उहाँले चेतावनी दिनुभयाे । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया