मालपोत कार्यालयका नासु १० हजार घुससहित रंगेहात पक्राउ

 माघ १९, २०७५ शनिबार १८:३०:३२ | शैलेन्द्र महतो
unn.prixa.net

महाेत्तरी – मालपोत कार्यालय महोत्तरीका नायब सुब्बा १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

कार्यालयका नासु ढकबहादुर कार्कीलाई सेवाग्राहीबाट लिएको १० हजार रुपैयाँ घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले शनिबार पक्राउ गरेको हो ।

शनिवार दिउँसो महोत्तरीको गौशाला नगरपालिका एक रामनगरबाट उनलाई घुसको रकम सहित रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ ।

अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गर्न बापत नासु कार्कीले एक सेवाग्राहीबाट १० हजार रुपैयाँ लिएको र आयोगले पूर्व सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । 

उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐन अन्तर्गत कार्वाही प्रक्रिया अगाडि बढाउने जनाएको छ । पक्राउ परेका नासु कार्की उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १७ का स्थायी बासिन्दा हुन् ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया