नेपालीको समृद्धिको सपना यही सरकारको पालामा: प्रधानमन्त्री ओली

 माघ १९, २०७५ शनिबार १९:२०:२ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउनुभएको छ । 

सिरहा सदरमुकाममा शनिबार आयोजित शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गरिबी, बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ सरकारले काम अगाडि बढाएको बताउनुभयो ।

उहाले प्रदेश २ मा विकास निर्माणको कामले गति लिन थालिसकेको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, तराई काठमाण्डौ जोड्न निजगढ काठमाडौं फास्र्ट क निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विश्व विद्यालयको स्थापना, सिँचाइका पूर्वाधारहरुको विकास, कल कारखानाको स्थापना लगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइ सकिएको छ ।’

तराइ मधेसको समृद्धिविना नेपाल समृद्ध हुन नसक्ने भन्दै नेपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यहाँको युवालाई  यही रोजगारीका अवसर सिर्जना गरिने  बताउनुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मधेसको उर्वरभूमिको सही सदुपयोग गर्न सक्नुपर्दछ,सहकारिताको माध्यमबाट यहाँ उत्पादन हुने अन्न, फलफूल विदेश निर्यात गर्न सकिए छिटै समृद्ध हुन्छ ।’

मन्तव्यकै क्रममा प्रधानमन्त्री ओलीले नेकपा नेकपा मधेस विरोधी नभएको पनि बताउनुभयो ।

त्यसै अवसरमा भौतिक योजना तथा यातायात मन्त्री रघुबीर महासेठले २ नम्बर प्रदेशमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायत सबै कुरा समेटेर विशेष प्याकेज ल्याइएको स्पष्ट पार्दै मधेशकै लाइफ लाइनको रुपमा रहेको हुलाकी राजमार्गको स्तरोन्नतिको काम तीव्र रुपमा भइरहेको जानकारी दिनुभयो । 

नेता हेमनारायण यादवलेको २०६० माघ १९ गते पार्टीको बैठकमा सिरहा घरबाट धनगढी जानेक्रममा गागनखोलाबाट अपहरणगरी हत्या गरिएको थियो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया