प्रदेश १ को तेस्राे अधिवेशन आजदेखि सुरु हुँदै

 माघ २०, २०७५ आइतबार ९:२७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – प्रदेश १ को तेस्राे अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । गएकाे असोजमा दोस्राे अधिवेशन सकिएसँगै स्थगित भएको संसद आजदेखि सुचारु हुन लागेको हो । 

संसदमा केही विधेयक दर्ता भएको छन् भने समितिमा केही विधेयक नयाँ आएको संसद सचिवालयले जनाएको छ । यही अधिवेशनबाट प्रदेशको नाम र राजधानीको विषयलेसमेत प्रवेश गराउने तयारीमा प्रदेश सरकार देखिएको छ ।

आइतबारदेखि सुरु हुने अधिवेशनबाट केही विधेयक संशोधन तथा केही विधेयक नयाँ गरी अहिलेसम्म ६ वटा विधेयक पारित गराउने तयारी छ । साभामुख प्रदीप भण्डारीका अनुसार, खेलकुद विधेयक समितिमा जाने तयारीमा रहेको छ ।

संशोधनका अरु ४ विधेयक पनि रहेको छन् भने प्रदेशसभामा सहकारी, विद्युत, शुसाशन र भवन विधेयक दर्ता भएका विधेयक हुन् । ती बाहेक अरु ६ वटा विधेयक न्यूनतम रुपमा सरकारलाई आवश्यक विधेयकसहित अगाडि जाने तयारीमा प्रदेशसभा लागेको सभामुख भण्डारीले बताउनुभयाे ।

लोकसेवा, प्रहरी र शिक्षा नीतिसहितका केही कानुन संघीय सरकारले बनाउने कानुन पर्खिएर बसेको उहाँको भनाई छ । आइतबारदेखि सुरु हुने प्रदेशको तेस्राे अधिवेशनबाट प्रदेशको नाम र राजधानीको विषय टुङ्ग्याउने तयारीमा प्रदेश रहेको छ । मुख्यमन्त्री शेरधन राईले चैत भित्रमा प्रदेशको नाम र राजधानीले पूर्णता पाउने यस अघि नै विभिन्न कार्यक्रममा सार्वजनिक गर्दै आएका छन् ।

पहिलो अधिवेशनमाबाट प्रदेश १ को संसदले ११ विधेक पारित गरेको थियो । संसदको दुवै अधिवेशनबाट प्रदेशसभा संचालन नियमावलीसहित कुल २४ वटा विधेयक पारित भएका छन् । बर्खे अधिवेशन कुल एकसय ३० दिन चलेको थियो । बैठक कुल ६० घण्टा १५ मिनेट चलेको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया