श्रीमतीसँग झगडा परेपछि श्रीमानले गरे आत्महत्या प्रयास

 माघ २०, २०७५ आइतबार ११:४७:४४ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – घरमा श्रीमतीसँग झगडा भएपछि उदयपुरका एक युवाले आफैँले बन्दुक हानेर आत्महत्या प्रयास गरेका छन् । 

जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ५ रातमाटे बस्ने ३८ वर्षीय निरबहादुर राईले भरुवा बन्दुक प्रहार गरी आत्महत्या प्रयास गरेका हुन् । 

घरमा श्रीमतीसँग सामान्य भनाभन हुँदा आवेगमा आफैँले बन्दुक प्रहार गरी आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताउनु भयो । डीएसपी रानाभाटका अनुसार शनिबार दिउँसो राईले बन्दुक प्रहार गरेका हुन् । घाइते राईको छातीमा ठूलो घाउ छ ।

जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात् राईलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।  प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया