तीनजना चढेको मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

 माघ २०, २०७५ आइतबार १२:२६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । 

राति १ बजेतिर ३ जना चढेको लु १५ प ६५९० नम्बरको मोटरसाइकल बाणगंगा नगरपालिका ३ बगनीपुरमा पल्टिँदा घाइते भएका चालक बाणगंगा नगरपालिका ५ का २३ वर्षका सुरज थापा र २३ वर्षकै अजय थापाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । 

दुर्घटनामा घाइते भएका २० वर्षका प्रकाश थापाको भने लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया