नेविसंघका कार्यकर्ताले सरकारी गाडी तोडफोड गर्नु निन्दनीय : गगन थापा

 माघ २०, २०७५ आइतबार १२:३४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेविसंघका विद्यार्थीले सरकारी गाडी तोडफोड र आगजनी गर्नु निन्दनीय भएको बताउनुभएको छ । जिम्मेवार नागरिक कसैले पनि यस्तो काम गर्न नहुने भन्दै उहाँले ट्वीट गर्नुभएको छ । 

उहाँले नेविसंघको नाममा केही विद्यार्थीहरुले सरकारी गाडी जलाएकोमा साथीहरुले आफ्नो विचारबारे जान्न चाहेको र आफू यसको पक्षमा नरहेको जनाउनुभएको छ । नेता थापाले यस्तो कार्य गलत मात्र नभएर निन्दनीय पनि भएको भन्दै ट्वीट गर्नुभएको छ ।  उहाँले आफू यस्ता कामको दुरुत्साहन गर्नमा डटेर लाग्ने समेत ट्वीबाटै प्रतिबद्धता जनाउनुभएको छ ।

सार्वजनिक विदाको दिन पास लगेर मात्र गाडी चलाउनपाइने नियम भए पनि बिना पास गाडी चलाउने व्यवस्था छ । केही दिनदेखि नेविसंघका विद्यार्थीले सार्वजनिक बिदाको दिन बिना पास सरकारी गाडी चलाएको देखेमा विरोध गर्दै आएका थिए । 

यही क्रममा शनिबार पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चढ्दै आएको बा १ झ ५८७९ नम्बरको गाडीमा आगजनी गरेका थिए भने दिनेशकुमार घिमिरे, शिशिरकुमार ढुंगाना तथा सहसचिव प्रविणराज आचार्यको गाडी नियन्त्रणमा लिएका थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • kumar khadka

    Feb. 4, 2019, 12:13 p.m.

    एक जनाले गाडी जलाइदे भन्छन , अनि अर्कोले जलाउनु निन्दनीय छ भन्छन ....आखिर किन हुँदैछ यो सब ..तँ कुटे जस्तो गर , मा रोए जस्तो गर्छु भन्ने उखानको याद आयो /

  •  0 Reply

तपाईको प्रतिक्रिया