महोत्सवको अवसरमा खप्तड घुम्न चाहनेहरुका लागि हेलिकप्टरको व्यवस्था

 माघ २०, २०७५ आइतबार १३:१५:२६ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड घुम्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ ।

डोटी चेम्बर अफ कमर्सले दिपालयमा आयोजना गर्न लागेको प्रदेशिक महोत्सवमा खप्तड घुम्न जाने पर्यटकका लागि हेलिकप्टरको व्यास्था गरेको चेम्बर्स अफ कमर्सका डोटी अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खप्तडसम्म हिडेर जान नसक्ने र छोटो समयमा नै खप्तड घुम्न चाहने पर्यटकहरुलाई ध्यानमा राखेर हामीले हेलिकप्टर सेवा दिने भएका छौँ ।”

आउँदो फागुन १७ गतेदेखि २७ गतेसम्म दिपायलमा प्रादेशिक महोत्सव सञ्चालन हुँदैछ । नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्ने उदेश्यकासाथ डोटी चेम्बर अफ कमर्सले दिपायलदेखि खप्तडसम्मका लागि ११ दिनसम्म हेलिकप्टर सेवा सञ्चालन गर्ने डोटी चेम्बर अफ कमर्सले जनाएको छ । 

खप्तड पुग्ने पर्यटकहरुको सुविधाका लागि खप्तडमा प्राथमिक स्वास्थ्य सेवा पनि प्रदान गर्ने छ भने खप्तड जाने पर्यटकहरुलाई थप सुविधाका लागि खप्तडमा घोडचडीको व्यवस्था समेत मिलाइने कमर्सका उपाध्यक्ष नवीन श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया