‘मिलन अमात्यबाट मिलन नेवार बनेर चिनिन चाहन्छु’

 माघ २०, २०७५ आइतबार १४:१८:१२ | मनोज दाहाल
unn.prixa.net

नेपाली सांगीतिक क्षेत्रकी व्यस्त गायिका हुन् मिलन अमात्य । तर उनको श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि उनी मिलन नेवारका रुपमा चिनिदै आएकी छिन् । ‘जहिलेसम्म संसारमा’ बोलको गीतबाट निकै चर्चा कमाएकी नेवारले विभिन्न चलचित्रका गीतहरु गाएकी छन् । 

उनले नेपाली चलचित्र नोटबुक को गाला रातै, चलचित्र कालीको बट स्लोली, चलचित्र परदेशीको कुरा खाट्टि हो, चलचित्र हवल्दार सुन्तलीको घण्टी बज्यो, चलचित्र हुर्रेको ठेकीमा दई, चलचित्र शब्दको गुलेलीले हान्दिउँ कीलगायतका चर्चित गीतहरु गाएकी छिन् । प्रस्तुत छ उनै गायिका मिलन नेवारसँग सहकर्मी मनोज दाहालले गरेको कुराकानी :

‘मन रेसम’ बोलको गीत भर्खरै बजारमा ल्याउनु भएको छ, कस्तो प्रतिक्रिया पाउँदै हुनुहुन्छ ?

अहिलेसम्म दर्शक श्रोताको राम्रो प्रतिक्रिया पाइरहेकी छु । नयाँ गीत आफ्नै यूट्युब च्यानलबाट रिलिज गरेको छु । नयाँ च्यानल भए पनि दर्शक श्रोताको मायाले सब्स्क्राइबर पनि बढिरहेको छ ।  दर्शक स्रोताले दिनुभएको यो माया र साथका लागि एकदमै आभारी छु ।

मिलन अमात्य नामले धेरै दर्शक श्रोताले तपाईलाई चिन्नुहुन्छ, अहिले मिलन नेवार नामले चिनिन कत्तिको गाह्रो भएको छ ?

मलाई सुरुमा चिन्दा धेरैले मिलन नेवार भनेर नै चिन्नुहुन्थ्यो, तर पछि विवाह पश्चात् मैल आफ्नो थर परिर्वत गरेर शून्यबाट अफूलाई चिनाएँ । अहिले फेरि मिलन नेवार नामले शून्य अवस्थाबाट नै आफूलाई उठाउने प्रयास गरिरहेको छु । र सफल हुनेमा विश्वस्त छु ।

सबैले मिलन अमात्य भनेर चिनिरहँदा कहिलेकाहीँ तपाईं आफैँचाहीँ झुक्किनु हुन्न ?

हाँस्दै ...कहिलेकाहीँ झुक्किँदो पनि रहेछ किनभने त्यसैमा बानी भएको थियो, तर अब बिस्तारै फेरि नेवार मै बानी पारिसकेको छु, र दर्शक श्रोतालाई पनि यसरी नै चिनाउने प्रयास गरिरहेको छु । 

पहिलो पटक अफ्नै रचनामा नयाँ गीत बजारमा ल्याउनु भयो, गीत रचना गर्ने कलाचाहिँ कसरी सिक्नुभयो ?

गीत लेख्न त म पहिले पनि लेख्ने गर्थे तर यस पटकको गीतलाई बजारमा ल्याउन मन लाग्यो, प्रतिकृयाका लागि गायक कमल खत्रीलाई पठाएँ, उहाँले त २ दिन भित्रमा कम्पोज नै गरेर पाठाइदिनु भयो ।  अब यस गीतबाट हौसला बढेको छ, अब पहिले लेखेका गीतहरुलाई पनि बिस्तारै बजारमा लिएर आउने छु ।

तपाईंले गाउनु भएको कुन गीतलेचाहिँ दर्शक श्रोतामाझ परिचित गरायो भन्ने लाग्छ ?

मलाई दर्शक श्रोतामाझ चिनाउने पहिलो गीत भनेको मेरो पहिलो एल्बम मिलनमा समावेश कहिले सम्म संसारमा बोलको गीत हो । यो गीतलाई सबै उमेरका दर्शक श्रोताले मन पराइदिनु भयो । 

अन्तिममा दर्शक स्रोतालाई के भन्नुहुन्छ ?

मलाई अहिलेसम्म जसरी माया दिनु भएको छ यसलाई निरन्तरता दिनुहोला साथै मेरो भर्खरै बजारमा आएको गीत हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला भन्न चाहान्छु । 

– उज्यालो र गफगाफ डटकमकाे सहकार्य 
 

अन्तिम अपडेट: चैत २८, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया