यूएईविरुद्धको निर्णायक टी–२० : सुरुवातमै नेपालको दुई विकेट गयो

 माघ २०, २०७५ आइतबार १७:१३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट प्रतियोगितामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले सुरुमै दुई विकेट गुमाएको छ ।  

कप्तान पारस खड्कासँगै ओपनिङ ब्याटिङमा आएका पवर्न शर्राफ चौथो बलमा मोहमद नाभीदको बलमा विकेटकीपर गुलामबाट आउट भए । शर्राफ शून्यमै आउट भएका हुन् । 

त्यसपछि उनको ठाउँमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल पनि ११ रन बनाएर आउट भएका छन् । उनलाई जहूर खानले बोल्ड गरेका हुन् । 

दुबईमा पानी परे पछि ढिला गरि शुरु हुन लागेको खेलमा नेपाल टस हारेर पहिला ब्याटिङ गर्न लागिएको छ । खेल १० ओभरमा छोट्याइएको छ । यसअघि ओपनिङ व्यायट्सम्यान र विकेट किपरको रुपमा प्रदीप ऐरी र विनोद भण्डारीलाई प्लेयिङ ११ मा राख्ने गरिएको थियो ।

एक दिवसीयमा खेलेका विनोद टी–२० मा प्रदीप नचलेपछि आज टिममा परेका छन् । तर उनलाई आज ओपनिङ गर्न दिइएन ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया