विवाहअघि नै शिशुको जन्म, युवकले स्वीकारे युवती र छोरी

 माघ २०, २०७५ आइतबार २०:२१:१७ | सुजता सुनुवार

इलाम – इलाम अस्पतालमा आइतबार बिहान अविवाहित युवतीले जन्म दिएकी शिशुको बुवाले आमा र बच्चा दुवैलाई स्वीकार गरेका छन् ।

बच्चा जन्मिएपछि युवतीलाई बाबु को हो भनी सोधीखोजी गर्दा देउमाई नगरपालिका शिद्धिथुम्काका सुमन ल्वागुन रहेको बताएकी थिइन् । 

सुमनले पहिले भने आफूलाई लगाएको आरोप झुटो भएको बताएका थिए । तर विगत केही महिनाअघि मानव अधिकार मञ्च इलाममा कामसमेत गरेका सुमनसँग गएको चैत महिनामा चिनजान भएको युवतीले बताएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

प्रहरीका अनुसार, चिनजानपछि सामाजिक सञ्जालमा कुराकानी हुने क्रम बढेर गएको र  वैशाखमा अध्ययनका लागि इलाम सदरमुकाम आएको समयमा शारीरिक सम्बन्ध भएको शिशुकी आमाले जिकीर गरेकी थिइन् । 

अस्पतालको शैयामा रहेकी आमा सुनारले ल्वागुन नै रहेको बताएपछि आरोपित ल्वागुनले समेत दुई जनाबीच शारीरिक सम्बन्ध भएको स्वीकार गर्दै आमा र बच्चा जिम्मा लिन राजी भएका हुन्  ।  

सन्दकपुर गाउँपालिका–३, की १९ वर्षीया बालिका सुनुवारले आइतबार बिहान साढे दुई बजे इलाम अस्पतालको शौचालयमा  छोरीलाई जन्म दिएकी हुन् ।

अविवाहित युवतीले जन्माइन् अस्पतालमा शिशु, बुवाको खोजी गरिँदै

 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया