ल्होसारमा सार्वजनिक बिदा

 माघ २१, २०७५ सोमबार ८:७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोनाम ल्होसारका अवसरमा मंगलबार प्रदेश ३ को सरकारले सार्वजनिक बिदा दिने भएको छ । 

प्रदेशको मन्त्रीपरिषद बैठकले २८ सय ५५ औँ सोनाम ल्होसारका दिन मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश नम्बर ३ मा तामाङ समुदायको बाहुल्यता भएकाले सोनाम ल्होसारका दिन बिदा दिने निर्णय गरेको मान्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया