विमानस्थलमा ओइरिएका क्रिकेटप्रेमीको नारा : बाबुआमाले के भन्छन्, क्रिकेट खेल्न जाउ भन्छन्

 माघ २१, २०७५ सोमबार १९:२३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एक दिवसीय र टी–२० सिरिज जितेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।  

खेलाडीहरुकाे स्वागत गर्न पुगेका समर्थकहरुले ‘बाबुआमाले के भन्छन्, क्रिकेट खेल्न जाउ भन्छन्’ भन्दै नारा लगाएपछि विमानस्थलको माहोल नै अर्कै भएको थियो ।

यूएईमा भएको तीन वटा एक दिवसीय र तीन वटा टी–२० को सिरिज नेपालले २–१ ले जित्दै ऐतिहासिक सफलता हात पारेको छ । सोमबार अपरान्ह काठमाण्डौ आइपुगेको नेपाली टोलीलाई स्वागत गर्न  खेल क्षेत्रका साथ समर्थकको पनि बाक्लो उपस्थिति रहेको थियो । 

नेपाली टोलीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद् राखेपका उपाध्यक्ष पिताम्बर तिमिल्सेना, सदस्य सचिव केशवकुमार विष्ट र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्ल्सिेना विमानस्थल पुगेका थिए ।  

स्वागत गर्न विमानस्थल पुगेका समर्थकले नेपाली क्रिकेट टोलीको जयजयकार गर्दा खेलमन्त्रीको भने विरोध गरे ।

नेपाली टोलीलाई रातो कार्पेट र फूलमालाले स्वागत गरिएको थियो । त्यस्तै विमानस्थलमै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले खेलाडी तथा अफिसियलहरुलाई सम्मानस्वरुप जनही १०–१० हजार रुपैयाँ पनि प्रदान गरेका थिए ।

नेपाली टोलीमा लेग स्पिनर सन्दीप लामिछाने फर्किएका छैनन् । सन्दीप बिग ब्याश लिगका लागि आजै अष्ट्रेलिया प्रस्थान गर्ने व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले सबैको मेहनतले सिरिज जित्न सफल रहेको बताए । 


 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया