वेष्टह्यामसँग पनि बराबरीमा राेकियाे लिभरपुल, उपाधि यात्रामा ठूलो धक्का

 माघ २२, २०७५ मंगलबार ७:५८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो खेलमा बराबरीको नतिजा ल्याएको छ । अघिल्लो साता लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकिएको लिभरपुल वेष्टह्यामसँग पनि १–१ कै बराबरीमा रोकियो ।

प्रिमियर लिगको उपाधि अभियानमा रहेको लिभरपुललाई यो बराबरीले ठूलो घाटा लागेको छ । २५ खेल सकिँदा लिभरपुलले जम्मा तीन अंकको अग्रता कायम गर्न सकेको छ । लिभरपुलको ६२ अंक छ भने म्यानचेस्टर सिटीको ५९ अंक छ ।

सोमबार राति वेष्टह्यामको मैदानमा भएको खेलमा साडियो मानेले २२औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि नै माइकल एन्टोनियोले गोल फर्काएपछि खेल बराबरीमा पुग्यो । बाँकी समयमा थप गोल हुन नसक्दा लिभरपुल बराबरीमा रोकियो ।

लिभरपुल शीर्ष स्थानमा कायम रहँदा वेष्टह्याम भने ३२ अंक सहित १२ औं स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया