रेष्टुरेन्टमा १० प्रतिशत सेवा शुल्क लिनेबारे वार्ता निष्कर्षविहीन, मजदुर भन्छन् : रेबान वार्ताबाट भाग्यो

 माघ २२, २०७५ मंगलबार १७:४७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रेष्टुरेन्ट तथा बारहरुमा ग्राहकबाट १० प्रतिशत सेवा शुल्क लिन पाउने कि नपाउने भन्ने विषयमा आज भएको वार्ता बिनानिष्कर्ष सकिएको छ । 

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा मंगलबार भएको वार्तामा रेष्टुरेन्ट तथा बार एसोसिएशन अफ नेपाल रेबानका प्रतिनिधि सहभागी नभएपछि निष्कर्ष ननिस्किएको अखिल नेपाल क्यासिनो मजदुर संघका महासचिव मुक्ति दाहालले उज्यालोलाई जानकारी दिनुभयो । 

यो विषयमा श्रम मन्त्रालयसँगको सहकार्यमा विभागले नै निर्णय गर्ने मोटामोटी सहमति भएको पनि उहाँले जानकारी दिनुभयो । तर रेबानका अध्यक्ष प्रमोद जैसवालले भने ग्राहक मारमा पार्नेगरी लिँदै आएको १० प्रतिशत सेवा शुल्क अफ फिर्ता नहुने र वार्तामा बस्नुको औचित्य नै नभएको जानकारी दिनुभयो । 

गएको आइतबार रेष्टुरेन्ट तथा बार एसोसिएशन अफ् नेपाल रेबानले उपभोक्ताबाट लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्ने निर्णयको विरोधमा मजदुरहरु आन्दोलनमा रहेका छन् । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया