कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
नुवाकोट – पञ्चकन्या गाउँपालिकाको आरुखर्कमा मंगलबार साँझ गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुघटनामा परि पाँच जना घाइते भएका छन् ।
पञ्चकन्या गाउँपालिका–४, थप्रेकको आरुखर्कमा यूएनडीपीका कर्मचारीहरु चढेको बा ३ च ५७११ नम्बरको गाडी साँझ साढे पाँच बजे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको खरानीटार इलाका प्रहरी चौकीका इञ्जार्च प्रहरी निरीक्षक नरेश महतोले जानकारी दिनुभयो । दुर्घटनामा गाडीका चालकको ज्यान गएको हो । मृत्यु हुनेको नाम खुल्न सकेको छैन ।
दुर्घटनामा घाइते भएका पाँच जनाको उद्धार गरी उपचारका लागि राजधानी पठाइएको प्रहरीले जनाएको छ ।
यूएनडीपीका कर्मचारी अजय पौडेलसहित पाँचजना घाइते भएको प्रहरीले जनाएको छ । थप्रेकमा यूएनडीपीको सहयोगमा निर्माण भइरहेको स्वास्थ्य चौकीको निरीक्षण गर्न कर्मचारीहरुले बट्टारबाट भाडामा लिएर गएको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।