सोनाम ल्हाेछारमा झुम्यो धादिङबेसी (फोटो फिचर)

 माघ २२, २०७५ मंगलबार १९:०:२४ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – तामाङहरुको महान पर्व सोनाम ल्होछार (फाग ल्हो) को अवसरमा धादिङबेसी तामाङ समुदायको सांस्कृतिक झाँकी र पहिरनले रङ्गीन देखियो ।

 धादिङबेसी पुछारबजारबाट सांस्कृतिक र्‍याली सुरु भएर बजारभरि परिक्रमा गर्दाको रौनकले बजारलाई नौलो छनक दियो । 

नेपाल तामाङ घेदुङ धादिङले आयोजना गरेको विशेष शुभकामना कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष परशुराम तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा संघीय सांसद खेम लोहनी, प्रदेश सभाका सांसद जगत सिम्खडालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 

संस्कृति प्रवर्द्धन गर्नका लागि तामाङ समुदायले परापूर्वकालदेखि चलिआएको घोडचढी नाच, लामा नाच, झाँक्री नाचलगायतका प्रदर्शनी गरिएको थियो । परम्परागत पहिरनसहित र्‍यालीमा सहभागी महिला पुरुषहरुले नयाँ वर्षको शुभकामना आदान-प्रदान गरे । 

ल्होछार मनाउने समूदायमा ’ल्हो’ अर्थात् वर्ष फेर्ने वा नयाँ वर्ष सुरु गर्ने दिवसको रुपमा सुँगुर वर्षको रुपमा यो वर्षलाई स्वागत गरिएको छ । यो २८५५ औँ सोनाम ल्होछार हो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया