प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
म्यान्चेष्टर युनाइटेड तथा रियल मड्रिडका पूर्व प्रशिक्षक जोसे मोउरिन्हो करछलीका कारण कारबाहीमा परेका छन् ।
रियल मड्रिडको प्रशिक्षक रहेका बेला उनले ३.३ मिलियन युरो बराबरकाे कर छली गरेको पुष्टि भएको छ ।
कर छली गरेको पुष्टि भए पनि उनले जेल भने जानुपर्ने छैन। स्पेनकाे नियम अनुसार दुई वर्षभन्दा कम समय कैद तोकिएकाहरुले रकम तिरेर सो सजायबाट मुक्त हुन पाउने प्रावधान छ । स्पेनले गैरहिंसात्मक क्रियाकलापमा पहिलो पटकका दोषीलाई दुई वर्षभन्दा कम सजाय दिने गरेको छ ।